Aamsanchar

 श्री हरिकुल नमुनाले सम्पन्न गर्यो मास्टर स्पेलिब्रीटी २०७९

Author Image
शुक्रवार, असोज २८, २०७९

कनकाई ।  झापाको कनकाई–३, सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले पहिलो पटक  अन्तर विद्यालय हिज्जे प्रतियोता (मास्टर स्पेलिब्रीटी) सम्पन्न गरेको छ ।

हिजो (विहिबार) श्री हरिकुल नमुना माध्यमिक विद्यालयमा आयोजित विद्यार्थीहरू बिच भएको अतिरिक्त कार्यक्रममा मेची अंग्रेजी मा.वि.की छात्रा अपेक्षा भट्टराई प्रथम, विद्योदयका छात्र सौगात बस्नेत दोस्रो र  नवयुग शिक्षा निकेतनका रिजन पराजुली तेस्रो भएका छन् ।

कनकाई र आसपासमा रहेका विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर  विद्यार्थीहरूको क्षमता अभिवृद्धि गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा यस किसिमको कार्यक्रमलाई जिल्ला स्तरीय बनाउने लक्ष रहेको कार्यक्रमकी सभापति डा. गृशा रावल थापाले बताईन

कार्यक्रममा १० वटा विद्यालयबाट विद्यार्थीहरूले सहभागी जनाएका थिए ।

सहभागी विद्यालयहरूमा शिवसतासीको मेची, रेडरोज, कनकाईको कनकाई मा.वि., झापा मेरी गोल्ड, ग्लोवल, दिव्यरत्न, विद्योदय, भृकुटी, सरस्वती र नवयुग रहेको थियो ।
श्री हरिकुल नमुना आयोजक भएकाले सहभागी जनाएको थिएन ।

कार्यक्रममा श्री हरिकुल नमुनाकी विद्यार्थी स्मृति दाहालले स्वागत, प्रिन्सिपल रोशन केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन टामन न्यौपानेले गरेका थिए । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
8
+1
0
+1
3
+1
1
+1
0
+1
1
+1
0
Views: 124

प्रतिक्रिया (०)