Aamsanchar

देउवासँग चुनाव लड्ने सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

Author Image
शनिवार, असोज २९, २०७९

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।राजनीतिलाई आजीवन पेसा बनाएकाहरु, पटक पटक परीक्षण भइसकेकाहरुको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको भन्दै डडेलधुरामा सुई निर्वाचन चिह्न लिएर चुनावी प्रतिष्पर्धामा रहेका ढकाललाई समर्थन गर्ने निर्णय गरिएको पार्टीको आधिकारिक पेजमा उल्लेख गरिएको छ । पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ‘राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ । यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिह्न लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ ।’

Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर