Aamsanchar

१७ वर्षीय एक युवाको ह*त्यामा संलग्न तिन जना पक्राउ  

Author Image
शनिवार, असोज २९, २०७९

मोरङ । सिरहा गोलबजार–३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका–६ धनुषाका १८ बर्षीय राकेश ठाकुर, सोही स्थानका १८ बर्षीय विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका–५ मोरङका २६ बर्षीय मनोज कार्की रहेका छन ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय बिराटनगर बाट खटिएको प्रहरी टोलीले हिजो दिउसो बिराटनगरबाट उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुले असोज २६ गते सदालाई अपहरण गरि बिराटनगर–११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्या गरेको खुल्न आएको छ ।

पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले जनाकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर