Aamsanchar

टर्कीमा कोइला खानी विष्फोट : मृत्यु हुनेको संख्या ४१ पुग्यो

Author Image
आइतवार, असोज ३०, २०७९

टर्कीको कोइला खानीमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४१ पुगेको छ। आपतकालीन दलले दुर्घटनास्थलबाट अन्तिम शव निकालिसकेका छन्।

राष्ट्रपति रेसेप तैयप एर्दोगान दुर्घटनास्थलमा पुगेका थिए। उनले यस दुर्घटनाको विशेष तरिकाले अनुसन्धान हुने बताए। विष्फोटपश्चात् जम्मा ११ जनाको मात्र उद्दार गर्न सकिएको थियो।

विष्फोटको कारण खुलेको छैन। मिथेन ग्यासको कारण विष्फोट भएको अनुमान छ।

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर