Aamsanchar

झापाली उपसचिव ओझा राजस्व अनुसन्धान कार्यालय इटहरीको प्रमुखमा

Author Image
आइतवार, असोज ३०, २०७९

धुलावारी । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव खेमराज ओझाको राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी सरुवा भएको छ । उहाँले त्यस कार्यालयको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसक्नु सकेका छन् ।

गएको २६ गतेको निर्णय अनुसार त्यस कार्यालयका प्रमुख तीर्थराज खनालको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा भएपछि त्यस कार्यालयबाट उपसचिव ओझा राजस्व अनुसन्धान कार्यालय इटहरीको कार्यालय प्रमुखमा आएका हुन ।

मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका बखत उपसचिव ओझाको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा भएको थियो । उहाँले तात्कालिन झापा जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ भने झापाको गौरादह सुनसरीको दुहबी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत भएका थिए ।

कर्मचारी र सेवाग्राहीमाझ निक्कै राम्रो छवि बनाएर लोकप्रिय रहेका उपसचिव ओझा आफ्नो जिम्मेवारप्रति वफदार, लगनशिल, परिश्रमी मिहनतीको रुपमा परिचय स्थापित गराएका एक कर्मचारीमा पर्दछन् ।
ओझा २० वर्षको उमेरदेखि सरकारी सेवामा कार्यतर रहदै आएका छन् ।

ओझा झापा शिवसताक्षी नगरपालिका धरमपुर निवासी हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर