Aamsanchar

जन्मोत्सवको दिन दमकका मुकेशले गरेको कर्म प्रशंसायोग्य 

Author Image
आइतवार, असोज ३०, २०७९

दमक ।  आर्थिक अभावका कारण थप उपचारमा समस्या भएर जीवन मरणको दोषाधमा रहेका एक वालकलाई लायन्स क्लव अफ झापा दमकको सक्रियता सहित आर्थिक सहयोग र दमक नगरपालिकाका प्रमुख राम थापाको पहलमा उपचारको ब्यवस्थापन भएको छ ।

सरकारी दमक अस्पतालमा उपचाररत रहेका अति विपन्न ति वालकलाई उपचारका लागि धरान लैजानका लागि आफ्नो जन्मदिनको अवसरमा क्लवका सह कोशाध्यक्ष मुकेश गुप्ताले नगद ३१ हजार उपलब्ध गराएपछि धरान लगिएको छ ।

सोहि रकम हस्ताण्तरणको क्रममा दमकको कलश सहकारीका कर्मचारी बाट ७ हजार ५८०, मुना शिवाकोटी मार्फत ४ हजार ६ सय र श्रीमती संगठन दमकबाट १० हजार २ सय पनि उपलब्ध भएपछि उपचारका लागि आर्थिक श्रोत जुटेको हो । अस्पतालले यहाँ उपचार सम्भव नहुने र धरान लैजान भनेपनि आर्थिक अभावले परिवारले बाहिर उपचारमा लैजान सकेको थिएन ।

नगर प्रमुख थापाले जन्मदिनमा यसरी सहयोग गरेर एउटा वालकको उपचारमा क्लव तथा क्लवका सह कोशाध्यक्ष मुकेश गुप्ता सहित अन्यले समेत सहयोग गरेर देखाएको तदारुकता अनकरणिय भएको भन्दै धरानसम्म लैजान नगरपालिकाको तर्फबाट तत्कालै एम्बुलेन्सको ब्यवस्थापन गरिदिएका थिए । राती ८ बजे आर्थिक सहयोग गरेर विरामीलाई धरान पठाईएको हो ।

नगर प्रमुख थापाले वालकको उपचारमा कमी हुने नदिने बताउदै धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा समेत सहजिकरण गरिदिएकाछन् । मानिसको ज्यान बचाउनु ठुलो कुरा हो र यस्तो बिषयमा म तथा नगरपालिका गम्भिर छ, सहयोग हस्ताण्तरणको क्रममा उनले भने । क्लवका अध्यक्ष अशोक चौधरीले आफुहरु यस्तो समस्यामा सधै साथ रहेको जनाए । कोहि विपत्मा छ भने हामी सकेको सहयोग गर्छौ, उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर