Aamsanchar

बिर्तामोडका डीएसपी रुगम कुँवर उत्कृष्ट अनुसन्धानकर्ता घोषित

Author Image
आइतवार, असोज ३०, २०७९

बिर्तामोड । झापा बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत हुने भएका छन् ।

६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले देशभरमा भएका प्रहरी अधिकृतहरुको अनुसन्धान कार्यसम्पादनलगायतका विषयलाई अध्ययन गरेर डीएसपी कुँवर पुरस्कृत हुने भएका हुन ।

डीएसपी कुँवरले अर्जुनधारामा भारतीय नागरिकको हत्यामा संलग्न आरोपीलाई अनुसन्धानको दायरामा ल्याएका थिए । उनलाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० उत्तम सुवेदी नेतृत्वको समितिले उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गर्न लागेको हो ।

कुँवरले संखुवासभाको एकै परिवारका ५ जनाको हत्यामा संलग्न आरोपीलाई समेत पत्ता लगाएका थिए । कुँवर अनुसन्धान तर्फ अब्बल रहेको ताजा उदाहरण भने दशैँको नवमीको दिन बिर्तामोड स्थित बसपार्कमा एक युवाको हत्या भएको थियो । उक्त घटनामा संलग्न ३ जनालाई भोलि पल्ट र फरार रहेका एक जनालाई केही दिन अगाडि पक्राउ गरि कानुनी दायरामा उभ्याएका थिए ।  

कुँवरलाई सोमवार सो पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर