


पाँचगाछी । झापा क्षेत्र नं. ४ प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार देउमान थेवेले आफ्नो उम्मेदवारी बिकास रहेको उद्घोष गरेका छन् ।
आज पाँचगाछी स्थित घरदैलो कार्यक्रमको क्रममा थेवेले त्यस्तो उद्घोष गरेका हुन ।

थेवेले त्याहाँका नागरिक सँग कुराकानी गर्दै भने ‘आफूलाई एक पटक मौका दिनुहोस् । तपाईंहरुले दिएको मत र विश्वासलाई घाट हुन दिन्न’ । यो देशको संविधानको रक्षा र नयाँ र तिब्र विकास आजको आवस्यक रहेकोले संविधानको रक्षा कवज र याहाँका नागरिकको बफादार सिपाई बन्ने छु ।’
त्यस्तै गठबन्धन बाट प्रदेश सभा ९क० का प्रत्यासी उम्मेदवार झलकसिंह दर्लामीले शिवसतासी नगरपालिका ४ र ५ मा घर दैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेका छन ।
घर दैलो तथा कोणसभा कार्यक्रम जनता बजार, स्याल्मारा , पाँचगाची , रङ्गेथान , विश्वडुब्बा , भेलामुनी , ब्लुचोक लगायत क्षेत्रमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा समानुपातिक प्रदेस सभा सदस्य कि प्रत्यासी उम्मेदवार लखी गणेश को पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा भक्ति सिटौला, पर्शुराम ढुंगाना, जयनारायण साह, रोहित साह, विनोद ढकाल , अशोक बस्नेत, पदम थापालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम मा बोल्दै नेता देउ कुमार थेबे ले विकास को मूल आफूहरूले मात्र फुटाउन सक्ने दाबी गरे ढाँट्ने लाई होइन अट्ने लाई मतदान आजको आवश्यकता रहेको त्यसैले यो क्षेत्रमा आफू सधैँ जनताको सुख दुख मा साथमा रहेको किसान को समस्या के हो आफू पनि किसान नै भएको ले यी तमाम समस्यालाई समाधान गर्ने बताउनु प्रतिवद्धता जनाए।
कार्यक्रममा बोल्दै नेता झलकसिंह दर्लामीले सुकुम्बासी समस्या समाधान आयोगमा बसेर राज्यकोषको सुविधा दुरुपयोग गर्ने उमेदवारहरू अहिले जनता झुक्याउदै आएको हुनाले चनाखो हुन अनुरोध गरे ।

