काठमाडौं – कमेडियन अपूर्व क्षितिजलाई प्रहरीले फेरि पक्राउ गरेको छ । सोमबार काठमाडौंबाटै पक्राउ गरिएको जनाइएको छ ।
यसअघि पनि उनी पक्राउ परेर रिहा भएका थिए । भदौ १२ गते पक्राउ परेका उनलाई २३ गते छाडिएको थियो । त्यसबेला उनलाई कोरोना संक्रमण भएपछि साधारण तारेखमा छाडिएको प्रहरीले जनाएको छ ।
नेवार समुदायविरुद्ध दिएको अभिव्यक्तिका कारण पक्राउ गरिएको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार यसअघि दुवैपक्ष मिलिसके पनि अदालतमा प्रक्रिया अघि बढिसकेकाले उनलाई पक्राउ गरिएको हो ।
सोमबार अदालतमा फाइल बुझाउने तयारी प्रहरीको थियो । तर समयअभावका कारण नभ्याइएकाले अब भोलिमात्रै बुझाइने र अदालती प्रक्रिया पूरा हुने मैनालीले जानकारी दिए ।
क्षितिज अहिलेसम्म अस्पतालमै रहेको पनि स्रोत बताउँछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
1
+1
Views: 351