Aamsanchar

राष्ट्रिय शोक बिदामा सुरुंंगाको हरिकुलमा श्रद्धाञ्जली सभा  

Author Image
मङ्गलवार, कार्तिक १, २०७९

 

कनकाई ।  शताव्दी पुरुष साहित्य सिद्धहस्त सत्यमोहन जोशीको सम्झनामा सुरुङ्गा स्थित हरिकुल नमुना माध्यमिक विद्यालयले श्रद्धाञ्जलि सभा गरेको छ ।


जोशीको शोकमा आज सरकारले राष्ट्रिय बिदा दिएको छ । कनकाईका धेरै नीति विद्यालयहरूले सरकारको निर्णय विपरित स्कुल खुल्ला गरेका थिए । हरिकुल ले भने स्कुलमा विद्यार्थीहरूलाई बोलाएर जोशीको बारेमा जानकारी  गराएर  जोशीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।


विद्यालयका सञ्चालक, शिक्षक र विद्यार्थीहरूले जोशीको तस्वीरमा माल्यार्पण गरेर जोशीलाई सम्झेका थिए ।


को हुन त जोशी
पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका सत्यमोहन जोशीको आज  २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको थियो  । जोशीले विसं। २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गर्नुभएका जोशी विसं २०१५ मा पुरातत्त्व र संस्कृति विभागका पहिलो निर्देशक भएका थिए ।

जोशीको विसं २०१६ मा पाँचौँ शताब्दीदेखि बिसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित भएको थियो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सु प्रबल गोर्खा दक्षिण बाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्र दीपले सम्मानित गरेको छ । तीन पटकसम्म ‘मदन पुरस्कार’ जित्न सफल जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् ।

शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा छ । यस कृतिमा उनकाको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषण लगायतका विषय समेटिएका छन् ।

उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उहाँले दुई काव्य, पाँच कथा सङ्ग्रह, १० नाटक र केही नेवारी भाषाका कृति लेका छन् । समालोचकले उनले ५० पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उनका का २० पुस्तकलाई महत्त्वपूर्ण पुस्तक मानिएको छ ।

जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय शताब्दी पुरुष जोशीको तस्बिर अङ्कित चाँदीको सिक्का निस्काशन गरेको थियो । रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्बिर छ भने अर्कोतिर सगरमाथाको तस्बिर रहेको छ ।

काठमाडौँ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्राप्त गरेका वरिष्ठ साहित्यकार जोशीलाई विसं २०६९ मा ‘पद्म श्री साधना सम्मान पुरस्कार’ प्रदान गरिएको थियो । नेवारी परिवारमा जन्मिएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जानेका थिएन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर