झापा- झापाको गौरादह ८ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ । आफैँले चलाएको गोली लागेर स्थानीय बिरेन साहको मृत्यु भएको हो । मंगलबार साँझ भएको घटनामा साहका १३ वर्षका भतिजा घाइते भएका छन् । उनको कम्मरमुनि गोली लागेको छ ।
घाइते उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लेनदेनको विवादमा बिरेनले गोली प्रहार गरेको र पछि आफूलाई पनि गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।गौरादह ८ का वडाध्यक्ष गणेश राजवंशीले घटनापछि गाउँमा त्रास छाएको बताएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 238