Aamsanchar

धादिङमा एक युवालाई खुकुरी प्रहार गरेको आरोपमा गुण्डा नाइके ‘राधे’ पक्राउ

Author Image
बुधवार, कार्तिक २, २०७९

धादिङ – धादिङमा एक युवालाई खुकुरी प्रहार गरेको आरोपमा गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् ।

धादिङ सदरमुकामको अस्पताल चोक बीचबजारमा भिमबहादुर गुरुङलाई खुकुरी प्रहार गरेको आरोपमा उनी पक्राउ परेका प्रहरीले जनाएको छ । हिजो बेलुका ना ८७ प १९५० नम्बरको मोटरसाइकलमा रहेका नीलकण्ठ नगरपालिका–४ का २५ वर्षका गुरुङलाई ३९ वर्षका भण्डारीसहित अरु केहिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम खत्रीले जानकारी दिनुभयो ।

दायाँ हातमा चोट लागेका घाइते गुरुङको धादिङ अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)