Aamsanchar

ओलीको स्वास्थ्यमा सुधार, धुलावारी र दमकको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

Author Image
बुधवार, कार्तिक २, २०७९

फायल फोटो गुगलबाट ।

बिर्तामोड । कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा आउनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज क्षेत्र नं १ र ५ मा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी हुनुहुनेछ । आज विहान ११ बजे क्षेत्र नं १ स्थित को धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी हुनुहुने छन ।

यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना गरिएको क्षेत्र नं ५ स्तरीय नेता तथा कार्यकर्ता सहभागी हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए ।

हिजो अध्यक्ष ओलीको स्वास्थ्यमा केही समयस्या आएपछि प्रेस चौतारी झापाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सकेका थिएनन ।  तर, आज स्वास्थ्य अवस्था ठिक भएकोले सबै कार्यक्रमहरु यथावत सञ्चालन हुने दाहालले जानकारी दिए ।

Views: 185

प्रतिक्रिया (०)