Aamsanchar

एउटै राँगोको मुल्य १६ करोड

Author Image
बुधवार, कार्तिक २, २०७९

मेहनत गर्यो भने पशुपालनबाट राम्रो दाम र नाम कमाउन सकिन्छ भन्ने धेरै उदाहरणहरू रहेका छन् । त्यस्तै सबैलाई आस्चर्यमा पार्ने गरेको पशुपालनले दिएको सफलताको कुरा गर्दा भारतको मेरठको सरदार वल्लभभाई पटेल कृषि विश्वविद्यालयमा तीन दिवसीय अखिल भारतीय किसान मेलाको पहिलो दिन १० करोडको राँगो​ गोलु टु आकर्षणको केन्द्र बन्यो । हरियाणाको पानिपतमा बस्ने पद्मश्रीद्वारा सम्मानित किसान नरेन्द्र सिंहले मेलामा आफ्नो राँगो​ गोलु टुलाई लिएर गएका हुन् । गोलु टुलाई हेर्नका लागि मानिसहरको अत्यधिक भीड लाग्यो ।

नरेन्द्र सिंहले बताए अनुसार उनको राँगोको नाम गोलु टु यसकारण छ किनभने यसको हजुरबुवाको नाम गोलु वान थियो र यो गोलु वानभन्दा पनि निकै शानदार छ, यसैकारण यसको नाम उसको हजुरबुवाको नाममा राखिएको हो । नरेन्द्र सिंहले बताए अनुसार उनको राँगो शुद्ध मुर्रा प्रजातिको हो र उसकी आमाले प्रतिदिन २६ किलो दुध दिने गर्छ ।

गोलु टु राँगोको तौल १५ क्विन्टल छ अर्थात् १५०० किलो र यो ४ वर्ष ६ महिनाको छ । नरेन्द्र सिंहले बताए अनुसार गोलु हरेक दिन ३० किलो घाँस पात, ७ किलो गहुँ–चना र ५० ग्राम मिनरल मिक्सचर खान्छ । नरेन्द्र सिंहले बताए अनुसार गोलु टुको वीर्यले उनले निकै आम्दानी भइरहेको छ ।

नरेन्द्र सिंहका अनुसार खरिदकर्ताले गोलु टुको मूल्य १० करोड भारुसम्म तोकेका छन् तर उनी यो बेच्न तयार नै छैनन् । किसान मेलामा आएका लगभग सबैजसो यो राँगोलाई देखेपछि चकित छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर