Aamsanchar

दमकबाट ओलीको पूर्व घोषणा ‘मंसिर ४ पछि एमालेको सरकार बन्छ’

Author Image
बुधवार, कार्तिक २, २०७९

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गते पछि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन हुने बताएका छन् । नेकपा एमालेको पक्षमा जनलहर देखेर गठबन्धन अतालिएको उनको ठम्याई रहेको छ  ।

आज (बुधबार)  झापाको दमकमा एमाले र राप्रपाको संयुक्त निर्वाचन अभियान अभिमुखी कार्यक्रमलाई सम्बोधन गर्दै अब एमालेले राप्रपा सँग समेत चुनावी तालमेल गरेकाले एमालेले बहुमत ल्याएर अन्य चुनावी सहयात्री दलको सहभागितामा सरकार गठन गर्ने दावी गरेका छन् ।

सत्तामा रहेको गठबन्धन सरकारको जनादेशको सरकार लाई षड्यन्त्र पूर्वक ढालेर अदालतको परमादेश आदेशबाट गठन गरेकाले जनतासँग कुनै प्रकारको पनि जवाफदेहिता रहदैन त्यसैले मिलिजुली ठगी गरेर देशमा लुट मच्चाइरहेको छ । त्यसैले आगामी मंसिर ४ पछि न सरकार रहन्छ न त गठबन्धन रहन्छ । त्यसैले अब हरेक दिन गठबन्धनको दिनगन्ती सुरु भएको उनले बताए ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालले १ सय ५० सिट ल्याउने ठोकुवा पनि गरे । उनले मंसिर ४ गते हुने निर्वाचनमा एमालेले प्रत्यक्ष तर्फ १ सय सिटमाथि ल्याउँछ,  समानुपातिक तर्फ ५० सिट जित्ने छ । “गठबन्धन कुनै लक्ष नभएको गन्तव्य हीन गठहरुको जत्था भएको बताए  । गठबन्धन चार तिर मुख फर्काएर बसेको चतुर्भुज जस्तै भएको छ । जुन कतै चल्न हिड्‌न गतिशिल हुन सक्दैन तर मुख भने चारैतिर चलाइरहन्छ । खाइरहने ओलीले आरोप लगाए । ‘गठबन्धनको देशमा मिलेर खाने ठग्ने बाहेक अर्को कुनै उद्देश्य छैन ।’

उनले नेपाली कांग्रेसलाई यो मुलुकमा पटक पटक गरि झण्डै २४ वर्ष नेतृत्वमा शासन गर्दा राम्रो काम गरे भन्ने एउटा उदाहरण दिन चुनौति दिए ।

कार्यक्रममा नेकपा एमालेको क्षेत्र नम्बर ५ को ९१० का प्रदेश सांसदका उम्मेद्वार हिक्मत कुमार कार्की र सोही निर्वाचन क्षेत्र अन्र्तगत ९२० का प्रदेश सरकारका सांसदका उम्मेद्वार होम बहादुर थापाले समेत बोलेका थिए ।

Views: 262

प्रतिक्रिया (०)