Aamsanchar

 ताप्लेजुङमा ट्याक्टर दुर्घटना,  चार जनाको घटनास्थलमै मृत्यु

Author Image
बिहिवार, कार्तिक ३, २०७९

प्रतिकात्मक फायल तस्वीर ।

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ मा भएको ट्याक्टर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । बुधवार प्रदेश २-०२-०३-००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला–५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ बर्षीय पासाङ शेर्पा, उनैका भाई २४ बर्षीय फुर्वा शेर्पा, १७ बर्षीया लाकी शेर्पा र २२ बर्षीया सर्मीला शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर