Aamsanchar

‘केही व्यापारीको सेन्टिकेटले गर्दा कृषक र साना माछा व्यवसायी मारमा’

Author Image
बिहिवार, कार्तिक ३, २०७९

बिर्तामोड ।  झापाका किसानले उत्पादन गरेको माछाले बजार नपाएको कृषकले बताएका छन् । झापा माछाका लागि आत्मनिर्भर उन्मुख बन्दै गएपनि भारतीय माछाले यहाँको बजार ओगटेकाले झापाली किसानले उत्पादन गरेको माछा बिक्री नहुँदा किसान मारमा परेको बताइएको छ ।

झापामा चार सयको हाराहारीमा कृषकहरूले व्यवसायिक रुपमा माछा पालन गरिदै आएको र पंगास जातको माछा अधिक उत्पादन हुने गरेको व्यवसायीले बताएका छन् ।
बिहीबार ९आज० बिर्तामोडमा नेपाल माछा पालक किसान संघ झापाले पत्रकार भेटघाट आयोजना गर्दै माछा पालक किसानले उत्पादन गरेको माछाले बजार नपाएको दुखेसो पोखे । भारतीय बजारबाट ठूलो परिमाणमा माछा भित्र्याएर गुणस्तरहित माछा बिक्री गरिदै आएपनि झापामा उत्पादित ताजा र ज्युँदा माछा उपभोक्तासम्म पुग्नै नदिएको व्यवसायीको आरोप छ । झापामा आयातित हुने माछामा अधिक फर्मालिनको प्रयोग हुने गरेको र त्यस्तो माछाको सेवनले मानव स्वास्थ्यमा गम्भिर असर पुर्याउने गरेको नेपाल माछा पालन किसान संघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटीले बताए ।

सीमित व्यवसायीको एकाधिकारका कारण झापाली किसानले उत्पादन गरेको माछाले बजार नपाएको शिवाकोटीको भनाई छ ।

बिर्तामोड बजारमा बिक्री हुँदै आएको माछा गुणस्तरहीन हुने भन्दै बिर्तामोड नगरपालिकाले समेत मरेका माछा बिक्रीमा रोक लगाएसँगै व्यवसायीहरू अहिले आन्दोलित बनेको तर, उनीहरूको आन्लोलन मा कुनै तुक नरहेको नेपाल माछा पालन किसान संघ झापाका अध्यक्ष होम सिटौलाले बताए । नगरले गरेको निर्णय किसानको हितमा मात्र नभई आम जनसाधारणको हितमा छ अध्यक्ष सिटौलाले भने ‘नगरको निर्णय कार्यन्वयन गराउन हाम्रो साथ र सहयोग रहनेछ ।’
झापाका बजारमा अधिक मात्रामा पंगास जातको माछा बिक्री हुँदै आएता पनि आफूहरूले उत्पादन गरेका माछा साना भएको भन्दै व्यवसायीले खरिद नगर्दा किसान मारमा परेको बताइएको छ । व्यापारीले मरेका र अवैध बाटो बाट ल्याएको त्यही पंगास माछा नै धेरै बिक्री गर्ने गरेको कृषकको भनाई रहेको छ ।

भारतको आन्ध्र प्रदेशबाट १५ दिन अगाडि प्याक भएर आएको माछालाई नेपालको सिमा क्षेत्रको भारतीय बजारमा फेरी ग्रेडिङ गर्ने गरिन्छ त्यस क्रममा घाम परेर र विभिन्न कारणले सडिन लागेको माछालाई छुट्याउने काम हुन्छ । मरेको तर नकुहिएको माछा भारतमै बिक्री गर्ने गरेका छन् भारतीय व्यापारीहरूले, छनौटमा परेर फाल्नु पर्ने अवस्थाको माछालाई सित्तैमा जस्तो मूल्यमा किनेर फेरी आइस राखेर नेपाल ल्याइएको हुन्छ । त्यसरी ल्याएको माछा नेपालमा महँगो मूल्यमा बिक्री गर्ने गरिएको छ । यसरी बिक्री गर्न पल्केर बढी नाफा मुखी बन्ने व्यवसायीहरूले नेपालको ताजा माछा खरिद नगर्ने गरेको कृषक कपिल न्यौपानेको भनाई रहेको छ । उनले भने केही माछा व्यवसायीहरू स्वास्थ्य र नेपाल राष्ट्रप्रति जिम्मेवार नभएको आरोप लगाए । उनले थप्दै भने ‘यो मेरो आरोप मात्र होइन प्रमाण पनि सुरक्षित छ यस विषयमा व्यवसायी र कृषक विच बसह गर्ने हो भने आफू तयार रहेको छु ।’

केही व्यापारीको सेन्टिकेटले गर्दा कृषक र साना माछा व्यवसायी मारमा परेको माछा कृषक रुद्रबहादुर क्षेत्रीले बताए ।

अहिले झापामा पंगास, कमनकार्प, इलिस, रौं लगायतका माछा आम उपभोक्ताको रोजाईमा रहेपनि झापाली किसानले भने पंगास जातका माछा बढी पाल्ने गरेको पत्रकार सम्मेलन बताइएको छ ।
यता माछा ब्यवसायीहरुले बिर्तामोड नगरपालिकाले आफुहरुको ब्यवसायीनै संकटमा पर्नेगरी गलत निर्णय गरेको भन्दै आन्दोलनमा छन् ।

 

Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर