Aamsanchar

युएईमा लिम्बू समुदायको पर्व ‘बलिहाङ तङनाम’ मनाउने तयारी 

Author Image
शुक्रवार, कार्तिक ४, २०७९

युएई । लिम्बू समुदायको पर्व ‘बलिहाङ तङनाम’ विविध सांस्कृतिक कार्यक्रम सहित किरात याक्थुङ चुम्लुङ युएई र संघीय लिम्बुवान सामाजिक मञ्च युएईको संयुक्त आयोजनामा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजकले बताएको छ ।

६ नोभेम्बर का दिन वरदुबई स्थित क्लब एभरेस्ट याक एण्ड यति होटलमा सम्पन्न हुने उक्त कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन ९ २ का विजेता राम लिम्बुको विषेश प्रस्तुती रहने छ । साथै स्थानिय कलाकारहरूको समेत प्रस्तुती रहने भने विशेष प्रस्तुतिको रुपमा केलाङ, यालाङ९धान० नाच सहित विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ ।

बलिहाङ तङनाम याक्थुङ लिम्बू  जातिले महत्त्वपूर्ण पर्वको रुपमा मनाउँदै आएका छन। यस पर्वका बारेमा अनेक कथनहरू पाइन्छ । किम्वदन्ती अनुसार उहिल्यै किरात देशमा बलिहाङ र वालिहाङ नामको अति नै प्रजाप्रेमी र शक्तिशाली किरात राजा थिए। आफ्नो देश भित्र जनताका सारा दुःख सुखमा उनले साथ दिन्थे। देशका प्रजाहरूले खाए नखाएको बुझी सबैले खाएको खबर नआएसम्म खाँदैनथे, कारणले उनको प्रजाहरू उनी प्रति अति नै मोहित थिए।

भनिन्छ उनी त्रि कालदर्शी थिए । एक दिन राजले सभा बोलाएर मन्त्रीहरू, सल्लाहकार र देशवासीमा ‘मेरो दिन पुगेको र स्वर्ग जाँदैछु, त्यसैले देशमा झैझगडा नगरी रहनु’ भनेर वाणी दिन थाले । तब प्रजाहरूको आँखाबाट आशु झार्न थाल्यो, रुवाबासीले राजदरबार नै शोकाकुल बन्यो ।अन्त्यतः प्रजाहरूले बिन्ती गरे। महाराज हजुरको यस मृत्युबाट रोक्न के गर्नु पर्छ रु हामी सो गर्न तयार छौ, भने। तब प्रजाहरूको बिन्ती सुनेर राजाले कालबाट रोक्न, जब काल मलाई लिन आउँछ, तब प्रत्येक घर घरमा लिपपोत गरेर दियो बालेर उज्यालो बनाउनु र मेरो प्राणको रक्षाको लागि तागेरा निङवाफु माङको अटुट प्रार्थना गर्नु भनेर भने।

तब राजाको अन्तिम काल लिन आउने दिनमा भनेको ओसीको रात थियो। सबै प्रजाहरूले राजाले भने जस्तै घर सफा लिपपोत गरेर प्रत्येक घरघरमा झिलिमिली पारेर बत्ती बालेर तागेरा निङ्वाफु माङसँग बेलुका भयो भने ‘लारिङ्गेक’ र बिहान घामम झुल्किने ‘नाम्लिङ्गेक’ भन्दै प्रार्थना गरे। तब प्रजाहरूको प्रार्थना र उज्यालोमा काल लिन आएन र राजा फेरि बिउझिए, राजाको नयाँ अवतार भएको खुशियालीमा  राजाबाट घरघरमा पुगेर देउसी भैलो खेल्ने, मनोरञ्जन गर्ने भनी हुकुम भयो । सोही अनुसार अहिलेसम्म लिम्बू समुदायमा चाडपर्व ‘तङनाम’ को रुपमा रहन गएको किम्वदन्ती पाइन्छ ।

विगत वर्षहरुमा नियमित रुपमा मनाउँदै आएको कार्यक्रम कोभिड९१९ का कारण गर्न नसकेको अवस्थामा यो वर्ष विषेश रुपले मनाउन लागिएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 695

प्रतिक्रिया (०)