Aamsanchar

सुरुंगाको हरिकुलमा छात्रवृतिको ओइरो, तिहार विशेष कार्यक्रम सम्पन्न  

Author Image
शनिवार, कार्तिक ५, २०७९

  

कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले तिहारको अवसर पारेर छात्रवृति वितरण, देउसीभैलो र विज्ञान प्रर्दशनी कार्यक्रम गरेको छ ।

हिजो विद्यालयको प्राङ्गणमा विद्यार्थी, शिक्षक, अभिभावकहरू बिच उक्त कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका संस्थापक कुलप्रसाद र हरि मायाको नाममा स्थापना गरिएको छात्रवृत्तिबाट कक्षा नर्सरी देखि १० सम्मका उत्कृष्ट १२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । त्यसैगरी सिक्स डटर फाउण्डेसनको तर्फबाट दुईजना विद्यार्थीहरूलाई डा. गृशा रावल थापाले छात्रवृत्ति प्रदान गरेकी छन् ।
महेश्वरी ग्रुपले स्थापना गरेको अक्षयकोष तर्फबाट डम्बरबहादुर थापाले पनि दुईजना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरे ।
त्यसैगरी टिकादत्त –हरिप्रिया छात्रवृति दिव्यराज ढकाल, गदोधर –नर्बदा छात्रवृत्ति दिव्यराज ढकाल, दिव्य –कृष्ण  छात्रवृति टिका पोखरेल, जेबी कार्की छात्रवृत्ति आशिष कार्की (हाल अमेरिका) बाट दुई–दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
त्यसैगरी दिलिप बस्नेत छात्रवृत्ति सञ्जीव बस्नेत (हाल अमेरिका) वीरबहादुर श्रेष्ठ छात्रवृत्तिबाट बिक्रम श्रेष्ठले १–१ जनालाई छात्रवृत्ति प्रदान गरेका छन् । 

निजी विद्यालयहरूले बालबालिकाहरूलाई नेपाली संस्कृति नसिकाएको कतिपय अभिभावकहरूको आरोप रहेको छ । तर श्री हरिकुलले भने नेपाली कला संस्कृतिलाई प्राथमिकतामा राखेर पठनपाठन गर्दै आएको छ । हरिकुलले  तिहारको महत्व बढाउने उद्देश्यले विद्यार्थीहरूलाई देउसी –भैली  खेलाएको थियो ।

तिहारमा गरिने विभिन्न कार्यहरूको बारेमा प्रत्यक्ष रुपमा जानकारी गराउन विद्यार्थीहरूलाई संलग्न गराएर रङ्गोली बनाउन लगाएको थियो । विद्यार्थीहरूले आर्कषण देखिने ठूला ठूला रङ्गोली हरू बनाएका थिए । त्यसैगरी तिहारमा रमाइलो गर्ने क्रममा हुन सक्ने दुर्घटनाको बारेमा पनि सचेतना प्रदान गरेको थियो । विद्यार्थीहरूले पटका पड्काउँदा हुनसक्ने दुर्घटना र त्यसबाट बच्ने तरिकाको बारेमा नाटक मञ्चन गरेका थिए । केही विद्यार्थीहरू कला संस्कृतिको जर्गेना कसरी गर्ने भन्नेमा केन्द्रित थिए भने सो अवसरमा अभिभावकहरूलाई देखाउन र एक आपसमा बौद्धिक क्षमताको आदन प्रदान गर्न केही विद्यार्थीहरू विज्ञान प्रदर्शनीमा खटिएका थिए ।

उक्त दिन हरिकुलको प्राङ्गण अत्यन्तै उल्लासमय रहेको थियो । यसरी विद्यार्थीहरूलाई नेपाली संस्कृतिको बारेमा र पर्यावरण जोगाउन विभिन्न समयमा हरिकुलले  वार्षिक रुटिङ नै बनाएर कार्यक्रम आयोजना गर्दै आएको छ ।

पछिल्लो बर्षयता हरिकुलले गरेको रचनात्मक कार्य र शैक्षिक सुधारमा आएको परिवर्तनको कारण विद्यार्थी अभिभावको आर्कषण पनि हरिकुल प्रति बढेको कार्यक्रमका वक्ताहरुले बताए । 

डा. गृशा रावल थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा चन्द्रप्रसाद मैनालीको प्रमुख आथित्यता रहेको थियो । 

कार्यक्रममा प्रेमप्रसाद मैनाली, रामप्रसाद मैनालीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सन्दिप मरासनीले गरेका थिए । 

                

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
9
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)