Aamsanchar

जापानमा बस्ने शर्माद्वारा पत्रकार उपचार कोषमा सहयोग

Author Image
शनिवार, कार्तिक ५, २०७९

बिर्तामोड । पूर्व सञ्चारकर्मी हाल जापानमा बसेर व्यवसायमा क्रियाशील तनुजा शर्माले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि ११ हजार रुपैयाँ प्रदान गरेकी छिन् ।

शनिबार बिर्तामोडस्थित महासंघको कार्यालय पुगेर शर्माले महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई उक्त रकमको चेक प्रदान गरिन् । केही वर्षदेखि जापानमा बस्दै आएकी शर्मा त्यहाँ व्यवसायसंगै विभिन्न संस्थामा रहेर सामाजिक काममा समेत सक्रिय छिन् ।
उनले पत्रकारको सामाजिक सुरक्षा, भौतिक विकास र क्षमता अभिवृद्धिका क्षेत्रमा ममहासंघ झापाले गरेको कामबाट आफू गौरवान्वित भएको बताइन् । पत्रकारको हितका लागि आगामी दिनमा अझ सहयोग गर्ने उनले बताइन् ।

रकम हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष केशव भट्टराईले महासंघले गरिरहेका कामको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा महासंघका कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्य बिनोद पाण्डे, रञ्जित परियार लगायतको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

तस्वीरः अनुषा चुडाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर