Aamsanchar

बिर्तामोडमा समूहिक रुपमा मनाईयो कुकुर तिहार

Author Image
सोमवार, कार्तिक ७, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा सामूहिक कुकुर तिहार मनाइएको छ । तिहारको दोस्रो दिन घरघरमा कुकुरलाई पूजा गरेर खानेकुरा दिएर र माला रङ्ग लगाएर कुकुर तिहार मनाइने पौराणिक परम्परालाई सामुदायिक रुपमा पनि मनाउनु पर्ने र कुकुर मानिसको लागि एक सच्चा बफादार भएकाले पनि कुकुरको सम्मान गर्न आवश्यक रहने भन्दै बिर्तामोडमा सामूहिक रुपमा कुकुर तिहार मनाइएको सामाजिक अभियन्ता विष्णु आचार्यले बताए । 

घरमा पालिका कुकुरहरूलाई घरधनीले पुजा गर्ने गरेको सामुदायिक कुकुरहरू लाई भने समुदायले नै बेवास्ता गर्ने गरेको र सामुदायिक कुकुरहरू समाजकै रक्षक रहेको हुदाँ ति कुकुरनीलाई विगतको वर्षदेखि हरेक वर्ष कुकुर तिहारमा पूजा गरेर खानेकुरा खुवाएर सामुदायिक कुकुरहरूको सम्मान गरिदै आईएको थियो सोही अनुरूप यस वर्ष पनि सामुदायिक कुकुरलाई सडक मै पुगेर र घरमा पालिका कुकुरहरूलाई एकठाउँमा भेला गरेर वर्ष देखि सामूहिक पूजा गर्न थालिएको आचार्यले बताए ।

सामूहिक कुकुर तिहार कार्यक्रममा एक दर्जन भन्दा धेरै घर पालुवा कुकुरहरूलाई घर धनीहरूले ल्याएका थिए । त्यसैगरी गतवर्ष झैं यस वर्ष सामुदायिक कुकुरहरूलाई विभिन्न ठाउँमा पुगेर माला लगाएर खानेकुरा दिइएको सामाजिक अभियन्ता दीपक दासले जानकारी दिए ।

सुरुवाती कोठा नेपालको आयोजना, हाम्रो अभियान नेपालको संयोजन र रोटरी क्लब अफ बिर्तामोड मिड टाउनको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो ।

कुकुर तिहार मनाउनुको धार्मिक मान्यता यस्तो रहेको छ ।

ऋगवेदमा स्पष्ट रूपमा ‘समरा’ को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।

महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ ।

यी त भए शास्त्रका कुरा तर आधुनिक यूगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको हो । त्यसैगरि सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिकप्रतिको बफादारीताको दृष्टान्तस्वरुप बनाइएको चलचित्र ूहाछिकोू आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ र उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर