Aamsanchar

मोटरसाइकल दुर्घटनामा परि उदयपुरमा दुई जनाको मृत्यु

Author Image
बुधवार, कार्तिक ९, २०७९

उदयपुर। उदयपुरको दुई स्थानमा मोटरसाइकल दुर्घटनाहुँदा दुई जना मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे बेलका नगरपालिका –१ स्थितमा प्रदेश १–०२–०४६ प ४५३६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनाहुँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय धन बहादुर तामाङ घाईते भई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको  प्रहरीले जनाएको छ । 

यसै गरी साँझ साढे ७ बजे कटारी नगरपालिका –११ स्थित सगरमाथा राजमार्गमा अनटेष्ट मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कटारी –११ का २४ वर्षीय यम्बर बहादुर श्रेष्ठको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर