Aamsanchar

आज किजा पूजा

Author Image
बिहिवार, कार्तिक १०, २०७९

प्रतिकात्मक तस्वीर ।

विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवा: समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छ । तीन दिन सम्म लगातार रूपमा मनाउँदै आएको कारणले नै स्वस्ति नख: भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नख : भनेको चाड पर्व हो ।

कृषि प्रधान नेवा समुदायमा यो तीन दिनको चाड स्वस्ति नख : मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरिको हिसाब-किताब सम्पन्न गर्ने अर्थात् साल तमाम गर्नुका साथसाथै आफ्नो शरीर लाई पूजा गरी नयाँ वर्षका लागि सङ्घर्ष गर्दै अगाडि बढ्नकालागि आवश्यक पौष्टिकता ग्रहण गर्ने पर्वको रूपमा लिएको पाइन्छ ।

यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरी मण्डप लेख्ने गरिन्छ । बिमिरोदेखि सबै प्रकारका फलफूल समेत मण्डपमा राख्ने गरिन्छ । नेवास् समुदायमा भने पञ्चरङ्गी टिका नभई अक्षता, अबिर, दही, चिउरा र पानी राखेको रातो टिका जसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छि । नेवार समुदायमा म्ह पुजा कै दिनमा जस्तै पूजा आजदेखि सगुन दिने चलन रहेको छ ।

पञ्चतत्त्वका सगुन दिनेदेखि पूजा गर्ने र आफ्नो भाइको दीर्घायुको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदीबहिनीबीचको आत्मियताका लागि नेवा समुदायमा तिहार प्रसिद्ध छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 454

प्रतिक्रिया (०)