Aamsanchar

कसैले काम गर्न दिएन भनेर किच्च दाँत देखाएर पुनः मतदाता समक्ष जान्न : ‘सुस्केरा’

Author Image
शुक्रवार, कार्तिक ११, २०७९

सुरुङ्गा ।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शम्भुप्रसाद ढकाल (सुस्केरा) ले चुनावी बाचा –पत्र सार्वजनिक गरेका छन् ।

उम्मेद्वार ढकालले शुक्रवार (आज) सुरुङ्गा मा पत्रकार भेटघाट मार्फत १० बुँदे बाचा –पत्र सार्वजनिक गरेका हुन् ।

ढकालले ‘५ वर्ष, १० काम’ भन्ने नाराका साथ सार्वजनिक गरेको बाचा पत्रमा स्वास्थ्य, शिक्षा, उत्पादन, रोजगार र आर्थिक उपार्जन, दिगो पूर्वाधार विकास, जनमैत्री कानुन निर्माण, भष्ट्राचार नियन्त्रण, राज्य सञ्चालनमा पुनरावलोकन, मजबुत आन्तरिक र बाह्य सुरक्षा र विश्व मञ्चमा गौरवपूर्ण उपस्थिति, प्रभावकारी, मितव्ययी, भ्रष्टाचारमुक्त र ममतामयी सरकार र प्राथमिकतामा युवा साथै स्थानीय समस्या र समाधानसमेत बाचा पत्रमा समावेश गरेका छन् ।

उम्मेद्वार ढकालले सार्वजनिक गरि को बाचा पत्रमा स्थानीय समस्या र समाधान अन्तरगत झापा क्षेत्र नं ४ मा पर्ने सतासी, दुधे, झरना, सुरुङ्गा र भालु खोलाहरु लाई कनकाई, विरिङ र कमल खोलामा मिसाएर थप योजनाहरू निर्माण गर्ने, भारतीय हात्तीलाई नेपाल प्रवेश रोक्ने उपायको खोजी गर्ने, कयौं वर्षदेखि झेलिरहेको सुकुम्बासी समस्या ५ वर्षभित्र समाधान गरिने, किसानले भोगिरहेको ऐलानी जग्गाको धनीपूर्जा एकमुष्ट वितरण गरिनेलगायतको २२ वटा बुँदा रहेको छ ।

राजनीतिक शास्त्रमा एमए गरेका उम्मेद्वार ढकालको शहीदकी आमा र सरोगेट कथा सङ्ग्रह प्रकाशित भइसकेको बताएका छन् । त्यस्तै प्रहरी जवानका लागि लोकसेवा आयोगको तयारी पुस्तकसमेत प्रकाशित भएको बताइएको छ ।

उम्मेद्वार ढकालले ५ वर्षपछि मतदाताले इमानदार र स्वतन्त्र उम्मेद्वार खोज्ने वातावरण सिर्जना गर्ने सोचका साथ आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । पार्टी बदल्नु परेन, भोट बदलौँ भन्ने मूल नाराका साथ उम्मेद्वारी दिएका ढकालले कसैले काम गर्न दिएन भन्दै आफूले गरेको बाचा पुरा नगरी पुनः किच्च दाँत देखाएर भोट माग्न नआउने, अर्को पटकको चुनावमा घरदैलो पनि नगर्ने र मतदाताले आफै खोजी खोजी भोट हाल्ने योग्य र इमानदार बन्ने  किटानी घोषणा समेत गरेका छन् ।

झापा क्षेत्र नं ४ निर्वाचन परिचालन कमिटीका संयोजक खड्गप्रसाद गिरीले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका शिवसतासी नगर संयोजक तुलसी खनालले औचित्यमाथि प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)