Aamsanchar

खुकुरी प्रहारबाट एक जनाको हत्या

Author Image
शनिवार, कार्तिक १२, २०७९

चितवन- चितवनमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ। शनिबार बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए।

उनको हत्या गरेको आशंकामा प्रहरीले गैंगाकोट नगरपालिका-७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ।

आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो।घटनाको विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी पण्डितले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर