Aamsanchar

भतिजको खुकुरी प्रहारबाट काकाको ज्यान गयाे

Author Image
शनिवार, कार्तिक १२, २०७९

खोटाङ – खोटाङमा भतिजको खुकुरी प्रहारबाट काकाको ज्यान गएको छ । आपसी वादविवादका क्रममा शनिबार ४३ वर्षका भतिजा पत्थरमान राईले खुकुरी प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँवुभञ्ज्याङका ५९ वर्षीय काका मानबहादुर राईको ज्यान गएको हो ।

खुकुरीले गर्दनमा लागेका राईको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो । पत्थरमानले रक्सी खाएकाे बेला काकालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)

सम्बन्धित खबर