Aamsanchar

नेकपा एमालेले चुनावी घोषणा पत्र  पाँचतारे होटलबाट सार्वजनिक गर्ने  

Author Image
मङ्गलवार, कार्तिक १५, २०७९

एमाले अध्यक्ष केपी शर्मा ओली । फायल फोटो बालकोट फेसबुक पेजबाट ।

नेकपा एमालेले चुनावी घोषणा पत्र पाँचतारे होटलबाट सार्वजनिक गर्ने नेकपा एमालेले आज घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले मंगलबार घोषणा पत्र सार्वजनिक गर्न लागेको हो। पार्टीका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा कार्यक्रम गरी मंगलबार दिउँसो घोषणा पत्र सार्वजनिक गरिनेछ।

उनकाअनुसार एमालेले घोषणा पत्र सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ। उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ।

एमालले ‘समृद्ध नेपालस् सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ।

अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र सुझाव समिति बनेको थियो। उक्त समितिले सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालेले जनाएको छ।

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर