Aamsanchar

झापाको दमकका १४ बर्षीय युवकको हत्यामा संलग्न ५ जना पक्राउ

Author Image
मङ्गलवार, कार्तिक १५, २०७९

प्रतिकात्मक तस्वीर ।

मोरङ । झापाको दमक नगरपालिका–१० का १४ बर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ का सरोज बस्नेत, सन्देश खवास, मन्जिल माझी, बिकाश तामाङ र उर्लाबारी–७ का सपन खत्री रहेका छन । उनिहरुले पुर्व रिसिईवीको कारण श्रेष्ठलाई कार्तिक १३ गते आईतबार राती साढे १० बजे उर्लाबारी–७ स्थित मावा खोलामा लागेको छैठ पुजाको मेलामा चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट घाईते भएका श्रेष्ठको बिर्तामोड स्थित एक अस्पतालमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनामा संलग्न रहेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग भएको चक्कु सहित नियन्त्रणमा लिएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर