Aamsanchar

प्रचण्डकाे उम्मेदवारी दर्ताका समयमा बाजा बजाउनेको खोजी गर्न आयोगको निर्देशन

Author Image
बुधवार, कार्तिक १६, २०७९

काठमाडौं – निर्वाचन आयोगले उम्मेदवारी दर्ताका समयमा बाजा बजाएको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ ।

२३ असोजमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ मा पुग्दा बाजागाजा समेत गरिएको थियो । यसबारे आयोगले सोधेको स्पष्टीकरणमा प्रचण्डले कसले बजायो भन्ने थाहै नभएको जवाफ दिएका थिए ।तर आयोगले यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै त्यसमा कोको व्यक्ति थिए ? प्रचण्डले लगेका हुन् वा होइनन् भनेर खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर