Aamsanchar

कनकाईमा इन्धन खर्चलाई मितव्ययी बनाउन प्रयास

Author Image
बुधवार, कार्तिक १६, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाले पेट्रोलिय पदार्थ खपत कम गर्ने उद्देश्यले दुईथान दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको छ ।

हाल विद्युत उत्पादनमा नेपाल आत्म र्निभर भएपनि उक्त विद्युत लाई सवारी साधनमा  समय अनुकुल प्रयोग हुन नसक्दा अन्यदेशबाट ल्याइने सवारी इन्धनको आयात घटेको छैन् । त्यसरी इन्धन आयात हुँदा देश वर्षेनी आर्थिक घाटामा गहि रहेको छ । आफ्नै देशको ऊर्जालाई प्रयोग गरेर आफैं समृद्धि बन्ने तर्फ स्थानीय स्तरबाट नै सोच परिवर्तन नगरे सम्म नेपाल र नेपालीको सुखी नेपाली समृद्ध नेपाल बन्ने आकांक्षा सपनामै सीमित बन्ने भन्दै कुनैपनि राम्रो कामको सुरुवात पहिला आफैँबाट गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कनकाई नगरपालिकाले एक थान मोटरसाइकल र एक थान स्कुटर खरिद गरेको हो ।

दैनिक प्रयोग हुने पेट्रोलियम पदार्थले खर्च सँगै वातावरणिक असर पनि निम्त्याएको छ ।  इलेक्ट्रिक सवारी साधनको प्रयोग ले विदेशिने पैसा स्वदेशमा रहने, इन्धन खर्चलाई मितव्ययी बनाउन,  वातावरण र द्धनी प्रदुषण पनि कम हुने भएकाले कनकाई नगरले परीक्षणको लागि इलेक्ट्रिक बाइक र स्कुटर खरिद गरेको नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले आमसंचारलाई बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 354

प्रतिक्रिया (०)

सम्बन्धित खबर