Aamsanchar

कलश सहकारीको स्थापना दिवशको अवसरमा असाहयलाई खाद्यान्न वितरण

Author Image
बिहिवार, कार्तिक १७, २०७९

दाङ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयाँ व्यवस्थापनका साथ संचालन भएको नवौं वार्षिकोत्सवको अवसरमा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा मानव कल्याण समाज सेवा घर नारायणपुरमा रहेका परिवारविहिन व्यक्तिहरुलाई सहयोग पुग्नेगरी खाद्यान्न वितरण गरिएको संस्थाका संचालक एवं कार्यक्रमका संयोजक केशब रिजालले बताए ।

मानव कल्याण समाज सेवा घरकी कर्मचारी सुष्मिता श्रेष्ठलाई संस्थाले चामल, तेल, नुन, मस्यौरा,दाल,बेसार,बिस्कुट लगाएतका खाद्यान्नहरु सहयोग गरेको संस्थाका कोषाध्यक्ष नवराज भण्डारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)