Aamsanchar

बिर्तामोडका भट्टराई परिवारद्वारा दुई कठ्ठा एक धुर जग्गा र एक करोडको मन्दिर दान 

Author Image
बिहिवार, कार्तिक १७, २०७९

बिर्तामोड । नेपाली समाजमा धार्मिक स्थलहरूमा सरकारले भन्दा व्यक्तिहरूले धेरै लगानी र योगदान गरेको पाइन्छ । त्यसमा  दिवंगत परिवारका सदस्यहरूको स्मृतिमा गरिएका दान भेटी र भौतिक निर्माणको हिस्सा ठुलो रहेको छ ।

धार्मिक आचरणको विकास, सभ्यता र मौलिक चलनलाई  समय साक्षेप संरक्षण गर्दै आएको झापा अर्जुनधारा–९ कार्की डाँडामा रहेको श्री हरिभक्त सेवा सङ्घलाई ठुलो धनराशी बराबरको जग्गा तथा मन्दिर प्राप्त भएको छ ।

झापा बिर्तामोडका भट्टराई परिवारले ठुलै रकम बराबरको जग्गा र मन्दिर निर्माण गरेर संघलाई हस्तान्तरण गरेका छन् ।  भट्टराई परिवारले २ कठ्ठा १ धुर जग्गा र १ करोड लागतमा निर्माण गरिएको मन्दिर आज एक कार्यक्रमको बिच श्री हरिभक्त सेवा संघलाई हस्तान्तरण गरेका हुन् ।

आमा श्रीमाया भट्टराई र छोरा निर्मल भट्टराईले दिवंगत ससुरा/हजुरबुवा कर्णबहादुर भट्टराई, सासु/हजुरआमा खीनमाया भट्टराई र श्रीमान/बुवा देवीप्रसाद भट्टराईको स्मृतिमा उक्त जग्गा र मन्दिर संघको स्वामित्वमा रहने गरि प्राप्त भएको संघकी अध्यक्ष शान्ता विष्टले आमसंचारलाई बताइन ।

दाता र दिवंगत पितृहरूको नामको शिलालेख पनि अनावरण गरिएको छ । उक्त शिलालेख कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले अनावरण गरेका थिए ।

दाता निर्मल भट्टराई अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हुन् । उनी एक कुशल व्यवसायी तथा समाजसेवीको रुपमा परिचित छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
10
+1
1
+1
1
+1
0
+1
0
+1
2
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर