

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचार प्रसारलाई तीब्र बनाएको छ ।

सोही क्रममा झापाका विभिन्न सहर बजारहरूमा घण्टी चुनाव चिन्हका झण्डा बाक्लै फहराइन थालिएको छ । चोक चोकमा कोणसभाहरू हुन थालेका छन् । केन्द्रिय सभापति रवि लामिछाने यतिबेला देश दौडाहामा निस्किएका छन् ।
हिजो झापाका विभिन्न ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी कोणसभाहरू आयोजना गरेको थियो । केन्द्रिय सभापति लामिछानेले झापाको दमक, दुधे, सुरुंगा, धुलाबारी बिर्तामोड र राजगढमा चुनावी कोणसभामा सम्बोधन गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा घण्टी चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका लामिछानेले आफ्ना पार्टीका उम्मेद्वार तथा समर्थकलाई शुक्रवार बिर्तामोडमा साँझ अबेर सम्बोधन गरेका थिए ।
बिर्तामोड ३ बजे आउने भनिए पनि ४ घण्टापछि लामिछाने करिब साँझ ७ उपस्थित भएका थिए ।
साँझमा बिर्तामोड आएका उनले छोटो सम्बोधन गर्दै झापा २ बाट प्रतिनिधिसभा सदस्य पदका प्रत्येक उम्मेद्वार रुद्रप्रसाद गिरी र समानुपातिक तर्फका उम्मेद्वार निशा डाँगी, मनोज राजबंशी, रुपा लावती, इन्दिरा राना मगरलाई अत्याधिक मतले बिजयी गराउन आग्रह गरेका छन् ।

