Aamsanchar

रुपन्देहीलेमा मंसिर ४ गते सम्म मदिरा बिक्रीमा प्रतिबन्ध

Author Image
सोमवार, कार्तिक २१, २०७९

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आगामी मंसिर ४ गते हुने निर्वाचन अवधिसम्म मदिरा बेचबिखनमा प्रतिबन्ध लगाएको छ।

प्रशासन कार्यालयले सूचना जारी गर्दै मंसिर ४ गतेसम्मका लागि मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालद्वारा जारी सूचनामा मंसिर ४ गते सम्पन्न हुने निर्वाचनलाई स्वच्छ निष्पक्ष शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्रालयको निर्देशन अनुसार उक्त निर्णय गरिएको उल्लेख छ।

सूचनामा निर्वाचन आचार सहिंतालाई कडाईका साथ पालना गराउन निर्वाचनको १५ दिन अगाडिको प्रचार प्रसार अवधिमा मदिरा बिक्री वितरण र सेवन निषेध गरिएको उल्लेख छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)