Aamsanchar

हरिकुमार रानाले स्वागतको माइक खोसेको होइन : आयोजक 

Author Image
बुधवार, कार्तिक २३, २०७९

विज्ञप्तिमा हस्ताक्षर गर्दै क्लबका अध्यक्ष भेटवाल । 

बिर्तामोड । झापा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) ले बोल्दै गरेको अवस्थामा गठबन्धन तर्फका साझा उम्मेदवार हरिकुमार रानाले माइक खोसेर अभद्र व्यवहार गरेको भनेर आएको समाचार प्रति आयोजक माता मन्दिर युवा क्लबले असन्तुष्ट व्यक्त गरेको छ ।

कार्तिक २१ गते सिके चिन्तनको सभाहलमा आयोजना गरिएको युवाहरू र उम्मेदवार बिचको अन्तरक्रिया कार्यक्रममा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले बोल्दै गरेको माइक  गठबन्धनका उम्मेदवार हरि कुमार रानाले नखोसेको र कुनै अभद्र व्यवहार पनि नगरेको युवा क्लबले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । हरिकुमार रानाले बोल्ने समय आफूलाई पनि दिन आग्रह गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो दिन कार्यक्रममा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले बोल्ने क्रममा लामो समय लिएपछि आयोजक संस्थाको तर्फबाट आफ्नो भनाई छोट्याउन नेपाललाई पटक पटक आग्रह गर्दा पनि नेपालले उक्त आग्रहलाई व्यवस्था गरेर एकोहोरो बोलिरहँदा अर्का उम्मेदवार हरिकुमार रानालाई  बोल्ने समय कम भएपछि सहभागी हरूले पनि स्वागत नेपाललाई   बोल्ने समय छोट्याउन आग्रह गरेका थिए ।

आयोजक र सहभागीहरूले नेपाललाई आफ्नो भनाई अन्त्य गर्न आग्रह गर्दा उल्टै स्वागतका समर्थकहरूले होहल्ला गरेर नाराबाजी गरेका थिए । त्यसपछि  केही समाचार र भिडियोमा हरिकुमार रानाले स्वागतको हातबाट माइक खोसेको र हातपात गरेको सम्म कुरा उल्लेख गरिएको छ, यसमा कुनै सत्यता छैन । उक्त समाचारहरूमा आयोजक सिके चिन्तन प्रतिष्ठान भनिएको छ, यो कुरा विलकुल गलत हो । हामिले हल मात्र प्रयोग गरेको आयोजक माता मन्दिर युवा क्लब परिवारका अध्यक्ष रोशन भेटवालले बताए ।
समाचार प्रकाशन, प्रसारण गर्दा आयोजक सँग बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्नेमा एक तर्फ रुपमा नियोजित रुपमा समाचार आएको प्रति क्लबका अध्यक्ष भेटवालले सर्वसाधारणलाई भ्रममा नपर्न र अब देखि सत्य तथ्य बुझेर मात्र समाचार लेख्न र प्रकाशन गर्न आग्रह समेत गरेका छन् ।     

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)

सम्बन्धित खबर