Aamsanchar

भद्रपुरबाट लागुऔषधसहित २ जना पक्राउ

Author Image
बिहिवार, कार्तिक २४, २०७९

झापा-झापाको भद्रपुर नगरपालिका-५ बाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ८ बजे अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर नगरपालिका-१३ झापाका २३ बर्षीय सन्दीप गौतम र ईसान श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर