Aamsanchar

फुटेका हाँडीका खबटा जोडेर सरकार बन्दैन : अध्यक्ष ओली

Author Image
बिहिवार, कार्तिक २४, २०७९

कनकाई । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फुटेका हाँडीका खबटा जोडे जसरी अब सरकार नबन्ने बताउनु भएको छ ।
निर्वाचन पछि नेकपा (एमाले) सुदृढ सङ्गठनका रुपमा अघि आउने र चारतिर फर्केका फुटेका हाँडी जोड]र बनाएको गठबन्धनको सरकार जस्तो एमालेले नेतृत्व गरेको सरकार नहुने उहाँको भनाई छ ।

झापा क्षेत्र नम्बर ४ अन्तरगत रहेको सुरुंगामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नु हुँदै अध्यक्ष ओलीले भन्नुभयो – ‘मंसिर ४, एमाले सरकार हाम्रो अभियान नै छ ।’ मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्नेमा कुनै शंका नगर्न आग्रह गर्दै ओलीले भन्नुभयो – हामीले यस अघि देश बनाउने अभियान सुरु गरेका थियौं त्यसले समेत अब निरन्तरता पाउँछ ।

देश बनाउनलाई सुदृढ राष्ट्रिय सरकार आवश्यक रहेको र त्यो अभिभारा नेकपा (एमाले)ले पूरा गर्ने अध्यक्ष ओलीको भनाई छ । एमाले नेतृत्वको सरकारले नै पूर्व पश्चिम रेल सञ्चालन गर्ने, राजमार्ग चौडा गर्ने, देशमा विकासको नयाँ लहर ल्याउने काम गरिरहेको र त्यो अभिभारा समेत पूरा गर्ने उहाँको भनाई छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले देश लुटेर खाने खन्चुवापनको टिम देशलाई आवश्यक नै नरहेको बताउनुभयो । जसका लागि एमाले नेतृत्वकै सरकार आवश्यक रहेको उहाँको भनाइछ
आफ्नो नेतृत्वमा सरकार सञ्चालन गरे लगत्तै पूर्व पश्चिम रेल मार्गमा देखिएको मुआब्जा लगायतका समस्याहरूको हल गरिने अध्यक्ष ओलीले बताउनुभयो । –––

 

 

Views: 217

प्रतिक्रिया (०)