

झापा। चर्चित अभिनेत्री मनिषा कोइराला यतिबेला चुनावी अभियानमा सक्रिय बन्दै आएकी छन् । नेपाली काँग्रेस पारिवारिक विरासत रहेकी अभिनेत्री मनिषा कोइराला भने राप्रपाका केन्द्रीय अध्यक्ष तथा झापा क्षेत्र नं का उम्मेदवार राजेन्द्र लिङ्देनलाई मत माग्न झापा आउने भएकी हुन्।

लिङ्देनको चुनावी क्षेत्र झापा क्षेत्र नं ३ को राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते हुने वृहत चुनावी आमसभालाई कोइरालाले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।
उनले अस्तिदेखि नै राप्रपाको लागि मत माग्दै आएकी छन् । एमालेसँग चुनावी तालमेल गर्दै लिङ्देन प्रतिनिधिसभा उम्मेदवारको रूपमा चुनावी मैदानमा रहेका छन्।

अघिल्लो निर्वाचनमा राप्रपाको तर्फबाट देश भरिमा लिङदेन मात्रै विजयी भएका थिए । यस पटक भने कम्तिमा १६ सिट राप्रपाले जित्ने केन्द्रिय अध्यक्ष लिङदेनले विभिन्न कार्यक्रममा दावी गर्दै आएका छन् ।

