काठमाडौं : नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६ सय रुयैयाँले वृद्धि भएको हो।

६ सय रुपैयाँले बढेसँगै प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइहेको महासंघले जनाएको छ।
यसअघि शुक्रबार सुन १३ सय रुपैयाँले महंगिएको थियो।

यस्तै तेजावी सुन तोलाको ९६ हजार ८०० रुपैयाँ कायम गरिएको छ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। यसदिन ५ रुपैयाँले बढेर प्रतितोला चाँदी १३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

Views: 208


