Aamsanchar

बिर्तामोडको कृषिथोकबाट बरामत माहुर (मुंग्री) माछा नगरपालिकाद्वारा नष्ट

Author Image
आइतवार, कार्तिक २७, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा १ सय किलो माछा शनिबार सांझ बिर्तामोड नगरप्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाल सरकारबाट प्रतिवन्धित, मानव स्वास्थ्यलाई असर पुग्ने उक्त माछा कृषकहरुको सहयोगमा नगरप्रहरीले नियन्त्रणमा लिएको नगरप्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिए। नियन्त्रणमा लिएको माछा आज बिर्ताबजार नजिकै खाल्डो खनेर पुरिएको हो उनले बताए ।

नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, माछा उत्पादक कृषक मोहन शिवाकोटी, लक्ष्मी प्रसाद शिवाकोटी, कपिल न्यौपाने, मोहन सिंह राजवंशी, ज्ञानेन्द्र बिमली लगायत स्थानियको रोहबरमा माछा नष्ट गरिएको हो ।

उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले यस प्रकारको प्रतिवन्धित माछा उत्पादन नगर्न कृषकहरुलाई आग्रह गरेका छन्। उनले अवैध र मरेका माछा बिर्तामोड नगरक्षेत्र भित्र विक्री वितरण गरेको भेटिएमा कानून अनुसार नगरपालिकाले कार्वाही गर्ने चेतावनी दिएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 414

प्रतिक्रिया (०)

सम्बन्धित खबर