रमेँ रमाएँ लिई भित्र चित्र
सारा भयो त्यो मरुभूमि तुल्य
रातै परे झैँ अब बुझ्छु बल्ल ।रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो, ज्ञान न भो विवेक ।संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्यसरी विलाएँ
जन्मेँ म यो स्वर्गविषे पलाएँ
आखिर भै खाक त्यसै विलाएँ ।
(लक्ष्मीप्रसाद देवकोटा जन्म १९६६ कात्तिक २७ गते थियो । उनले अस्पतालको शैयाबाट लेखेको यो अन्तिम कविता थियो )
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
+1
+1
+1
+1
+1
Views: 175