

बिर्तामोड । झापाको बिर्तामोडस्थित प्रसाई मार्केटमा भएको आगलागीबाट करिब ५ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मंगलबार (आज) विहान ८ः३० बजे राजु वंशलले सञ्चालन गरेको बंशल रेडिमेड कपडा पसलमा आगलागी भएको थियो ।

दमक, मेचीनगर, बिर्तामोड, कनकाई र भद्रपुरको वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र सर्वसाधारणको सहयोगमा करिब १ घण्टापछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।


बिद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
Views: 292

