Aamsanchar

भारतबाट भन्सार छली ल्याएको अवैध सामानसहितको अटो नियन्त्रणमा

Author Image
मङ्गलवार, कार्तिक २९, २०७९

झापा –भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको सामानसहितको एक अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आई रोकी राखेको प्र.१–०१–००१ह८३५५ नम्बरको अटोलाई शंका लागेर चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली ल्याएको अन्दाजी मूल्य ५८ हजार २सय बराबरको जाडोमा लगाउने टोपी २८२ थान, बच्चाको ट्राउजर ३०० थान फेला परेको थियो ।

ती सामान र २ लाख ५० हजार मूल्यको अटोलाई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 294

प्रतिक्रिया (०)

सम्बन्धित खबर