Aamsanchar

आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस

Author Image
बुधवार, कार्तिक ३०, २०७९

पृष्ठभूमि
१९९६ मा, संयुक्त राष्ट्र महासभाले (रिजोल्युसन ५१/९५ द्वारा) संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूलाई १६ नोभेम्बरमा सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रित गरेको हो । त्यसपछि हरेक वर्ष १६ नोभेम्बरमा यस दिवस मनाउने गरिन्छ ।

९० को दशकमा अफ्रिका, बाल्कन र काकेशसमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो । नरसंहार का पीडित परिवारहरूले, ‘द्वन्द्व रोकथाम, मानव अधिकारको प्रवर्द्धन को हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित गर्नुहोस्’ भनेर दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो ।

अन्तर्राष्ट्रिय सहनशीलता दिवसमा के के गरिन्छ ?
अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्को द्वारा घोषित एक दिवस हो जसले विश्वभरि असहमति, असमझदारी र असहनशील भएपछिको खतराहरूको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ। आज यस दिवसको अवसरमा प्रत्येक वर्ष युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ। यस्ता समारोहहरूमा सहनशीलता र अहिंसाको प्रवर्धनको बारेमा गम्भीरता पूर्वक छलफल हुने गर्दछ।

विश्वभर, आधुनिकीकरणले समाजहरूमा गहिरो परिवर्तन ल्याइरहेको छ। यसले सञ्चार र आदानप्रदानको लागि विशाल अवसर खोलिरहेको छ। त्यस सँगसँगै यसैका कारण असमानता र गरिबी जस्ता अन्य नयाँ चुनौतीहरू पनि उठिरहेका छन्। अहिले हामीले विभिन्न ठाउँहरूमा अनैतिक राजनीतिको उदय र विभाजनको बहस देख्छौँ, अहिले हामी विविधतालाई कमजोरीको स्रोतको रूपमा अस्वीकार गरिरहेका छौ । कतै दुर्व्यवहार, कतै घृणा त कतै आतङ्कवादी हमलाहरूले मानव समुदायलाई एकताको सूत्र मा बाँध्न सकिरहेको छैन। यस सन्दर्भमा, सहिष्णुता, सद्भाव र सहनशीलताको कमी आधुनिकीकरणसँगै बढी रहेको बुझ्न सकिन्छ। अहिलेको समाजले यो बढिरहेको अमानवीय जटिलताबाट मुक्ति पाउन, सहनशीलताले मुख्य भूमिका खेल्नेछ।

सबै संस्कृतहरू फरक छन्, सबै मानिसहरू फरक छन्,तर मानवताको समुदाय भनेको एकै हो। सहनशीलता शान्तिको लागि सङ्घर्ष हो। आजको यस दिवसले मानव अधिकारको आधारमा विविधता र बहुमतवादको सम्मान गर्दछ। आफ्नो जीवनमा सहनशीलताको कार्य गरौँ, अरूलाई बुझ्न खोजौँ,सबै विभेद र घृणालाई अस्वीकार गर्न सिकौँ र साम्राज्यवादको अन्त्य गरौँ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)