Aamsanchar

केकीले गगनलाई मागिन् भोट

Author Image
बुधवार, कार्तिक ३०, २०७९

काठमाडौं – अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । यसअघि कुनै पनि राजनीतिक खेमामा नखुलेकी केकीले आफूलाई कांग्रेसको पक्षमा उभ्याएकी हुन् ।

केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस् भन्ने अपेक्षा व्यक्त गरेकी छन् ।‘असल जनप्रतिनिधिको रुपमा आफ्नो यात्रा अघि बढाउन अपील गर्छु । सफल राजनीतिज्ञको रुपमा दाइको उदय होस् भन्ने कामना गर्छु,’ केकीले भनेकी छन् ।गगनबारे केकी भन्छिन्, ‘राष्ट्रप्रतिको निष्ठा, जनताप्रतिको सेवाभाव र इमान्दारिता, संसदप्रतिको लगाव प्रशंसनीय छ । कोभिड महामारीको समयमा उहाँले म र मेरा शुभचिन्तकको प्रश्नको जवाफ दिनुभएको थियो ।’नेपाली कला, साहित्य, संगीत र चलचित्रप्रति गगन थापाको अभिरुचि आफूले पाएको पनि उनले बताएकी छन् । ‘संसदमा उहाँले राष्ट्रिय चासोका विषयमा खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो,’ केकीले भनेकी छन् ।केकीले समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आवाज उठाउँदै आएकी छन् ।

Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर