Aamsanchar

झापामा जंगली हात्ती मृत भेटियाे

Author Image
बुधवार, कार्तिक ३०, २०७९

झापा –झापाको कचनकवल १ घेरावारीमा जंगली हात्ती मृत फेला परेको छ ।

जलथल जंगलदेखि दुई किलोमिटर दक्षिण गंगा दाहालको धानखेतमा  बयस्क भाले हात्ती आज विहान मृत  फेला परेको हो । हात्तीको दारा नरहेको कचनकवल १ का वडाध्यक्ष महावीर लिम्बू रंजितले बताए । उनले शरीरमा चोटपटक नदेखिएपनि दारा नरहेको जानकारी दिए । हात्तीको पेट सुन्निएको छ । डिभिजन वन कार्यालयको टोली आएर पोष्टमार्टम गरिरहेको र त्यसपछि खाल्डो खनेर अन्त्येष्टि गरिने उनले जानकारी दिए ।

Views: 264

प्रतिक्रिया (०)