Aamsanchar

‘भेलुबाजे’लाई पैसा दिएर प्रचार गर्न लगाएपछि सूर्य थापालाई फेरि सोधियो स्पष्टीकरण

Author Image
शुक्रवार, मंसिर २, २०७९

काठमाडौं –निर्वाचन आयाेगले एमालेका प्रतिनिधिसभा उमेदवार सूर्यबहादुर थापालाई पुन: स्पष्टीकरण साेधेकाे छ ।

मीनबहादुर बुढा (भेलुबाजे) लाई दुईहजार रुपैयाँ दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने बेहोराको समाचार प्रकाशन भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

प्युठानबाट उमेदवारी दिएका थापालाई यसअघि पनि आयोगले स्पष्टीकरण सोधेको थियो ।

थापालाई आयोगले सोधेको छ, “तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ?”

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर