Aamsanchar

झापा क्षेत्र नम्बर १ मा विश्व प्रकाश शर्माको फराकिलो अग्रता

Author Image
सोमवार, मंसिर ५, २०७९

झापा – झापा निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले १ हजार ६०२ मतान्तरले अग्रता लिएका छन्।

७ हजार ६९७ मत गणना गर्दा शर्माले ३ हजार ९६१ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २ हजार ३५९ मत पाए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७३५ मत पाए । प्रदेशसभा १ मा पनि पनि सत्ता गठबन्धनका गोपाल तामाङ एमालेका रविन कोईराला भन्दा झिनो मतान्तरले अगाडि छन् ।

१२०५२३ जना कुल मतदाता रहेको झापा १ मा प्रतिनिधिसभामा ८१८६४ र प्रदेशसभा १ (१) मा ४८९३९ र १(२) मा ३२८२५ मत खसेको थियो ।

Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर