Aamsanchar

इलाम १ मा खनाल निरन्तर पछि पर्दै

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

इलाम- इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेबाट उमेदवार बनेका महेश बस्नेतले ६ हजार ६४६ मत पाएका छन् ।

यो निर्वाचन क्षेत्र पूर्वप्रधानमन्त्री झलनाथ खनालको हो । खनाल भने यहाँ निरन्तर पछाडि परेका छन् । खनालले ५ हजार ९४३ मत ल्याएका छन् ।

हालसम्म यहाँ १५ हजार ७१८ मतगणना भएको छ । यी दुई उमेदवारबीच ७०३ को मतान्तर छ ।

Views: 491

प्रतिक्रिया (०)

सम्बन्धित खबर