Aamsanchar

दुर्लभ थापा भन्दा महेश बस्नेत १२९१ मतान्तरले पछि

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

भक्तपुर – भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाको अग्रता कायमै रहेको छ। पछिल्लो मत परिणाम अनुसार थापा फराकिलो मतका साथ अगाडि बढेका हुन्।

थापाले १२०५३ मत पाएका छन्। एमालेका महेश बस्नेतले १०७६२ मत पाएका छन्। थापाले १२९१ मतान्तरले अग्रता लिएका हुन्।

भक्तपुर २ को मतगणना मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्रमा भइरहेको छ।

Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर